देश विदेश

तीन ट्रक गोरु पक्राउ

शेयर गर्नुहोस्

मोरङको केरावारी–५ स्थित सतिसालेबाट  अवैध  रुपमा ल्याउँदै गरेको तीन ट्रक गोरु पक्राउ परेको छ । अवैध  रुपमा गोरु ओसारपसार गरिरहेको विशेष सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीन वटा ट्रकमा लोड गरिएको ६७ वटा गोरु पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ना ६ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा लोड गरिएको अवस्थामा ६७ वटा गोरु फेला परेको हो ।

 पक्राउ परेको गोरु सिन्धुपलान्चोक घर भएका ठेकदार विश्व बस्नेतको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता लोकदर्शन थापाले बताए । थापका अनुसार ट्रक चालक, ट्रक र  गोरु पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।  

प्रकाशित: २७ माघ २०७७ १९:३१ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *