देश विदेश

गोरु काटेको आरोपमा मुस्ताङबाट पाँचजना पक्राउ

शेयर गर्नुहोस्

गोरु काटेको आरोपमा मुस्ताङबाट पाँचजना पक्राउ परेका छन् । गोरु काटेर मासु भाग लगाईरहेको अवस्थामा थासाङ गाउँपालिका–४ घाँसाबाट उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी २६ वर्षिय अर्पण श्रेष्ठ, सोहि ठाउँका ५३ वर्षिय लालबहादुर श्रेष्ठ, ३७ वर्षिय शनिस श्रेष्ठ तथा घाँसा नजिकैको पहिरोथाप्लाका निश्चल विक र ३७ वर्षिय पूर्ण विक रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार थिङले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट गोरुको टाउको र मासु फेला परेको उनले बताए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा गोरु काट्नुलाई अपराधको रुपमा लिइन्छ । 

प्रकाशित: २७ माघ २०७७ १७:१२ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *