भागिरथीको बलात्कारी चांडै पक्राउ परोस्: निता ढुंगाना

शेयर गर्नुहोस्

मुलुकमा पछिल्लो समय भइरहेका महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन्। न त दोषीलाई सजाय दिन कडा कानुन नै बन्न सकेको छ। बुधवार मात्र बैतडीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागिरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको बताइएको छ। यद्यपी पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।  प्रहरीले हत्यामा संलग्नको खोजी कार्य र अनुसान्धान गरिरहेको छ।

 भागिरथीको बीभत्स हत्यालाई कतिपयले अर्की निर्मला पन्तको हत्या भएको रुपमा पनि व्याख्या गरेका छन्। साथै बलात्कारीलाई चाँडो पक्राउ गरेर कडा भन्दा कडा कार्बाही गर्न सरकारसँग बिभिन्न माध्यमबाट आग्रह गरिरहेका छन्।

यसै घटनालाई लिएर अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गरेकी छिन्। भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको विषयमा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’

उनले थप लेखेकी छिन्,  ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी। नारीलाई अपमान होइन सम्मान गर्न सिकौं। हत्यारा बलात्कारी चांडै पक्राउ परोस।’ भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि अभिनेत्री निता भारतको आगरामा रहेकी छिन्।

प्रकाशित: २७ माघ २०७७ १५:१६ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *