देश विदेश

महाकाली नदीमा फसेका १६ जना नेपालीको उद्दार

शेयर गर्नुहोस्

माघ २७, कन्चनपुर । महाकाली नदीमा फसेका १६ जना नेपालीको सकुशल उद्दार गरिएको छ। कन्चनपुरको भीमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्दार गरेको हो ।

मलामी गएका उनीहरु महाकाली नदीमा एक्कासि पानी बढेपछि टापुमा फसेका थिए । भारतले टनकपुर पावर हाउसको पानी बिनासूचना महाकाली नदीमा छोडेपछि पानीको मात्रा एक्कासि बढेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूको सकुशल उद्दार गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *