देश विदेश

प्रचण्ड–नेपालको विरोधसभाका लागि जुम्लादेखिका कार्यकर्ता काठमाडौंमा

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा जुम्ला, कालिकोटलगायतका जिल्लाका कार्यकर्ताले समेत सहभागिता जनाएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ।

आमसभाका लागि देशका विकट मानिने जिल्लाहरु कालिकोट, जुम्ला, डोल्पा अछाम लगायतका जिल्लाका कार्यकर्ताको समेत सहभागिता देखिएको छ। यस्तै, तराईका जिल्लाहरु सिरहा, सप्तरी, महोत्तरी, चितवनसहितका जिल्लाका कार्यकर्ता प्रदर्शनमा देखिएका छन्।  

काठमाडौंका विभिन्न पाँच स्थानबाट निस्किएको जुलुस प्रदर्शनीमार्गमा आयोजना गरिएको कोणसभामा परिणत भएको छ। विरोध सभालाई प्रचण्ड, माधव नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ माघ २०७७ १३:५५ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *