देश विदेश

पोखरामा सेनाको भूपू सम्मेलन

शेयर गर्नुहोस्

नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजकत्वमा गण्डकी प्रदेशका भूतपूर्व सैनिक तथा निवृतिभरणमा रहेका परिवारको सहभागितामा यहाँ गण्डकी प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन भएको छ । सेनाको पश्चिम पृतनामा भएको सम्मेलनमा कास्कीका भूपू सैनिक सहभागि थिए ।  

अरु जिल्लाका सहभागिलाई भने भर्चुअल माध्यमबाट सहभागि गराइएको थियो । प्रदेशका १० जिल्लाका ९ हजार ७७ जना भूपू सैनिक र उनीहरुका परिवारले सम्मेलनमा सहभागिता जनाएको सेनाले बताएको छ । कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापाले भूपु र वहालवाला सैनिकबीच सामिप्यता बढाउन यो सम्मेलन गरेको बताए । उनले भूपू सैनिक र उनीहरुका परिवारको पीरमर्का बुझ्न यो कार्यक्रम गरिएको बताए ।  

शिक्षा, स्वास्थ्य, सुविधा र रोजगार आत्मसम्मान तथा समृद्धिको आधार भन्दै यो सम्मेलन आयोजना गरिएको उनले बताए । उक्त कार्यक्रममा ज्येष्ठ भूपू सैनिक बागलुङका ९६ वर्षिय मनिराज थापा र तत्कालिन भैरवप्रसाद गुल्मबाट अवकासप्राप्त सुवेदार हर्कबहादुर थापामगरकी श्रीमति ९९ वर्षिया नरकुमारी थापामगरलाई सम्मान गरिएको थियो ।  

सर्वाेत्कृष्ठ लघु व्यवसायी बन्न सफल तनहुँकी स्मृति शर्मा वाग्ले र गोरखाका चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा चार वा बढी सन्ततीलाइ सेनामा सेवा गर्न प्रेरित गरेको भन्दै १३ जना अभिभावकलाई पनि सम्मान गरिएको थियो । त्यस्तै फरक क्षमता भएका अशक्तलाई ह्विलचेयर, बैशाखी र आर्थिक सहयोग गरिएको थियो ।

प्रकाशित: २८ माघ २०७७ १६:५६ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *