देश विदेश

ओलीको तानाशाहीतन्त्र अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ, जनता विरोधमा आउनुपर्‍याे : देव गुरुङ

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’लाई पराजित नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि जनता विरोधमा आउनुपर्ने बताए।  

‘ओलीको तानाशाहीतन्त्रविरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ,’ उनले भने,‘जबसम्म केपी ओलीको तानाशाहीतन्त्रको पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ।’

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता गुरुङले नेपालमा तानाशाही तन्त्र र फाँसिवादी तन्त्र कायम राख्नका लागि वैशाखमा चुनाव गरिने भनिएको दाबी गरे। उनले नेपालको संविधानले पाँच वर्षमा हुने निर्वाचनलाई मात्र मान्ने जिकिर गरे।

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको हो। सभामा नेकपाका शीर्ष नेताहरुको सहभागिता छ।

प्रकाशित: २८ माघ २०७७ १५:५२ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *