देश विदेश

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगता शुरु

शेयर गर्नुहोस्

चितवन । ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ चितवनमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बुधबार वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताए ।

खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईले बताए । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उनको भनाइ थियो । बुधदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागीता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्ले बताए ।

फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो वरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए । विभिन्न आठ विधामा हुने प्रतियोगितामा वुमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेलहरु बिहीबार हुने श्रेष्ठले बताए ।

प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद रु एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताए । प्रतियोगितामा आठ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको लागि नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै श्रेष्ठले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताए । भरतपुरको कभर्डहलमा सञ्चालन भएको खेल निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको चितवन जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *