देश विदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए म्यानमारमा प्रतिबन्ध

शेयर गर्नुहोस्

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारको सैनिक कुटनीति देशका सर्वोच्च नेता आङ सान सुकी र राष्ट्रपति विन म्यान्टलगायत धेरै वरिष्ठ नेताहरुलाई हिरासतमा लिएको कदमको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाएका छन्। उनले अमेरिकाले यस परिस्थितिको अनुगमन गरिरहेको बताउँदै म्यानमारले देशमाा प्रजातन्त्र पुनर्स्थापनाका लागि सही कदम नचालेको भन्दै नयाँ प्रतिबन्ध लगाएका हुन्। 

म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको थियो। आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिएको छ।

अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ। उनले भने, ‘मैले नयाँ कार्यकारी आदेशलाई अनुमोदन गरिसकेको छ, जसले सैन्य नेताहरू, उनीहरूको व्यवसायिक रुचि, साथै नजिकका परिवारका सदस्यहरूमाथि गरेको कार्यबाहीलाई अनुमोदन गर्न सक्षम बनाउँछ।’

बाइडेनको प्रत्यक्ष अपडेटमा उनले भने, ‘आज म ती क्रियाहरूको शृंखलाको घोषणा गर्दछु जुन हामीले सत्तालाई हातमा दिने सेनाका नेताहरूमा लागू गर्न लागेका छौं।’ साथै यो पनि भने, ‘म फेरि म्यानमार सेनालाई आङ सान सुकी र अन्य नेता तथा कार्यकर्ताहरूलाई तुरुन्त रिहा गर्न आग्रह गर्दछु।’

अमेरिकी राष्ट्रपतिले सत्ता पलतको विरोध गरिरहेका प्रदर्शनकारीहरुमाथि भएको हिंसाको निन्दा गर्दै यसलाई अस्वीकार गरे। उनले यो पनि भने अमेरिका थप उपायहरू कार्यान्वयन गर्न तयार छ र आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर अन्य राष्ट्रहरूलाई पनि यी प्रयासहरूमा सामेल हुन आग्रह गर्दछ।

बाइडेनले म्यानमारको अवस्थालाई गहिरो चिन्ताको विषयको रूपमा वर्णन गरे। गत हप्ता अमेरिकाले युएन सुरक्षा परिषद्लाई म्यानमार सेनामा दबाब दिन आग्रह गरेको थियो र म्यानमारमा प्रजातन्त्रको समर्थनमा कडा बयान जारी गरेको कुरा पनि भनिएको छ।

म्यानमारमा प्रजातन्त्रवादी नेता तथा सांसदहरुलाई पक्राउ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। सो कदमलाई बाइडेनले प्रत्यक्षरुपमा निन्दा गरि म्यान्मारमा नयाँ प्रतिबन्धको चेतावनी दिएका थिए। राज्यका सल्लाहकार आङ सान सुकीलगायत देशका शीर्ष नेताहरूलाई सेनाले पक्राउ गरेपछि अमेरिकाले आलोचना गरेको थियो।

उनले भनेका थिए, प्रजातन्त्रमा सेनाले जनताको इच्छालाई बेवास्ता गर्नु हुँदैन। झन्डै एक दशकदेखि म्यानमारका जनताले निर्वाचन सम्पन्न गर्न, प्रजातान्त्रिक सरकारहरू स्थापना गर्न र शान्तिमय शक्ति हस्तान्तरण गर्न निरन्तर काम गरिरहेका छन्। यस प्रगतिलाई सम्मान गर्नुपर्दछ। अमेरिकी राष्ट्रपतिले एकजुट भएर म्यानमार सेनालाई दबाब दिन विश्व समुदायलाई पनि आग्रह गरे।

प्रकाशित: २९ माघ २०७७ ०८:४८ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *