देश विदेश

रामकुमारी झाँक्री पक्राउ

शेयर गर्नुहोस्

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी दिँदै प्रहरीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो।

झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई गरिएको हो।  

यस अघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले पक्राउ पूर्जी लिएर आए गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन्। उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरिरहेका छन्।

 

 

 

 

प्रकाशित: २९ माघ २०७७ १३:०३ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *