देश विदेश

मोरङमा बलात्कार प्रयास आरोपमा एक जना पक्राउ

शेयर गर्नुहोस्

विराटनगरमा किशोरीलाई बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई गरेको छ ।  घरजग्गाको कारोबार गर्दै आएका विराटनगर–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबारसाँझ प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।  

पीडित बालिकाको अभिभावकले प्रधानलाई घरजग्गा बिक्री गर्ने भनेपछि प्रधानले दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन लिएर गएका थिए । बुवाआमा बाहिर भएका कारण घरमा दिदीबहिनी मात्र थिए । घरमा दुई जना मात्रै देखेपछि बेलुका पुनः प्रधान पुगे । बेलुका जरबजस्ती गर्न खोजेपछि बालिकाले प्रतिकार गर्दा टोलबासी थाहा पाएपछि प्रधानलाई स्थानीयले प्रहरीमा बुझाएका थिए ।

बिक्रीको तयारीमा रहेको घर किन्ने ग्राहक लिएर दिउँसो त्यहाँ पुगेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा थिए । घर किन्ने ग्राहकको लिएर प्रधान दिउँसो ग्राहक लिएर गएको र साँझ पुनः पुगेर घरधनीकी छोरीलाई हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  

‘बाल यौन दुव्र्यवहार’कसुरअन्तर्गत म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।  

प्रकाशित: २९ माघ २०७७ १९:०५ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *