देश विदेश

भेटघाट गर्न, हात मिलाउन प्रतिबन्ध लगाइएको ठाउँमा १ लाख ५० हजार कण्डम बाँडिँदै

शेयर गर्नुहोस्

काठमाडौं। भेटघाट गर्न, हात मिलाउन, अंकमाल गर्न कडा प्रतिबन्ध हुनेछ । तर, त्यही ठाउँमा १ लाख ५० हजार कण्डम बाँडिँदैछन् । जापानको राजधानी टोक्योमा आयोजना हुन लागेको ओलम्पिकमा सहभागी हुन जाने खेलाडीहरुलाई यी कण्डम बाँडिनेछन् । अब, हात मिलाउन समेत नपाइने ठाउँमा ती खेलाडीहरुले यति धेरै कण्डम कसरी प्रयोग गर्लान् त्यो आयोजकले नै जानुन् तर कण्डम भने बाँडिनेछन् ।

जापान टुडेको रिपोर्टअनुसार मंगलबार ‘भाइरस रुल बुक’ जारी गरिएको छ जसमा यो जानकारी दिइएको छ । टोक्यो ओेलम्पिक २३ जुलाइदेखि सुरु हुँदैछ । यसको लागि जारी गरिएको ३३ पानाको रुल बुकमा नियम उल्लंघन गर्ने खेलाडीहरुमाथि कारवाही गरिने र उनीहरुलाई खेलबाट हटाउन सकिने बताइएको छ । हरेक ४ दिनमा खेलाडीहरुको कोरोना जाँच गरिनेछ र पोजेटिभ देखिएमा खेल्न रोक लगाइनेछ । यद्यपि अहिले जारी गरिएको रुल बुकको समीक्षा अप्रिल र जूनमा गरिनेछ र आवश्यक देखिएमा नियम परिवर्तन गर्न सकिनेछ ।

रुल बुकमा जापान आउने खेलाडीहरुले ७२ घण्टाभित्रको कोरोना जाँच रिपोर्ट दिनुपर्ने भनिएको छ । साथमा जापान पुगेपछि तत्कालै कोरोना जाँच गरिनेछ । खेलाडीहरुको लागि क्वारेन्टाइनको नियम रहने छैन । खेलाडीहरु जिम, पर्यटकीय स्थल, पसल, रेष्टुरेण्ट वा बारमा जान पाउने छैनन् । खेलाडीहरु खेलको लागि निर्धारित ठाउँ र अन्य निश्चित तोकिएका स्थानमा मात्र जान पाउनेछन् । खेलाडीहरुले मास्क पनि लगाउनु पर्नेछ ।

आयोजकले खेलाडीको लागि कोरोनाको खोप लगाउनु अनिवार्य बनाएका छैनन् । आयोजकले कोरोनाको खतरा कम गर्न खेलाडहिरु जापान बस्नुपर्ने समय सकेसम्म कम राखिने बताएका छन् । जो खेलाडी ओलम्पिक भिलेजमा हुनेछन् उनीहरुले अनावश्यक भौतिक सम्पर्क गर्न हुने छैन । एएफपीको रिपोर्टअनुसार आयोजकले डेड लाख कण्डम निःशुल्क बाँड्ने पुष्टि गरेका छन् तर खेलाडीहरुलाई सम्भव भएसम्म कम मानिसहरुसँग भेट्न अपिल गरिनेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *