देश विदेश

कैद सजायपछि फरार ७९ अभियुक्त पक्राउ

शेयर गर्नुहोस्

विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहुविवाह, लागुऔषध र जबर्जस्ती करणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्लामा सक्रियरूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिए।

‘प्रायः अभियुक्त लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी धमाधम जिल्ला अदालत पेश गरिरहेको छ’, उनले भने, ‘अदालतबाट पनि कैद भुक्तान गर्न कारागार पठाउने काम भइरहेको छ।’ पक्राउका लागि जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालित छन्।

विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ। कारागारका जेलर माया बस्नेत थापाले ३ सय९६ कैदीबन्दी रहेको बताए। ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा क्षमताभन्दा धेरै बढी रहेका छन्। रासस

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *