देश विदेश

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले बढ्यो

शेयर गर्नुहोस्

माघ ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा व्यवसायको आकार २२.८३ प्रतिशतले बढाएको छ । गत आवको पुस १२ अर्ब ९१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३ अर्ब १७ करोड रुपैयाँले बीमा शुल्क बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ पुनर्बिमा कमिशन आर्जन गरेको छ भने, कर्जा लगानीबाट ३ अर्ब ५३ करोड रुपैयाँ बीमा लेख धितो कर्जा लगानीबाट ९८ करोड २० लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय १८ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ, बीमा कोषको आकार १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोष ५९ करोड ८९ रुपैयाँ छ । कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । सो अवधिमा कम्पनीले १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २ सय ४.०४ गुणा रहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *