देश विदेश

प्रधानमन्त्री र थाई राजदूतबीच भेट

शेयर गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनिहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे ।

उनले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे । यस सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्र्ने धारणासमेत उनले राखे ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गरे ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *