देश विदेश

किन नीलो रंगका भइरहेका छन् यी कुकुरहरु ?

शेयर गर्नुहोस्

काठमाडौं। रुसमा केही आवारा कुकुरहरुको हालत देखेर स्थानीयहरु आश्चर्यमा परेका छन् । यी कुकुरहरुको छाला पूर्ण रुपमा नीलो भएको छ । सामाजिक संजालमा यी कुकुरहरुको तस्वीर भाइरल भइरहेको छ । यी सबै कुकुरहरु रुसको जेरझिंक्स शहरमा देखिएका हुन् । कुनै रासायनिक प्रतिक्रियाका कारण उनीहरुको रंग नीलो भएको मानिएको छ ।

डेलीमेलको रिपोर्टअनुसार यो शहरमा सोभियत संघको समयको एक रासायनिक कारखाना छ । यो निकै ठूलो रसायन उत्पादन कारखाना थियो जहाँ हाइड्रोसाइनिक एसिड र प्लेक्सी ग्यास बनाइन्थ्यो । यो कारखाना ६ वर्ष पहिले आर्थिक कारणले बन्द भएको थियो । रासायनिक कारखानाका मालिक आन्द्रे मिस्लिभेत्सले भने यी नोला कुकुरहरुको तस्वीर पूर्ण रुपमा फेक भएको दावी गरेका छन् ।

यद्यपि उनले यदि साँच्चै कुकुरहरुको रंग परिवर्तन भएको भए उनहिरु कपर सल्फेटको सम्पर्कमा आएको हुन सक्ने बताए । कपर सल्फेट नामको केमिकल शरीरमा लगाउँदा निकै जलन हुन्छ र चिलाउने समस्या हुन्छ । यी कुकुरहरुको फोटो रासायनिक कारखाना नजिकै बस्ने स्थानीयले खिचेका थिए । स्थानीय प्रशासनले यस विषयमा जाँच भइरहेको र यी कुकुरहरुलाई समाउने तयारी भइरहेको बताएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *