देश विदेश

क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प

शेयर गर्नुहोस्

सङ्खुवासभा । सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।

शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।

टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बित्दासक्दा पनि उठाएका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका छन् ।

ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सरुङ मार्गको काम गरिरहेको छ ।

ड्याम साइडमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेपछि घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारत बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

प्रहरीले टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईं र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्रमा सञ्चालन भइरहेको तालीममा सहभागी हुन जाँदै थिए ।

आन्दोलित पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एशोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *