देश विदेश

स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना

शेयर गर्नुहोस्

भरतपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले चितवन जिल्लाको विकास र पालिकाका गतिविधिबारे चासो व्यक्त गरेका छन् ।

आज जिल्ला समन्वय समिति चितवनमा आयोजित छलफल कार्यक्रममा उनले जिल्लामा भइरहेका गतिविधिबारे जानकारी लिएका हुन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपालको स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको हुँदा यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भरतपुर १० स्थित गेष्टहाउस चौरसँगै रहेको खाली जमीनको उपयोग गरी पार्क निर्माणका लागि नीतिगत निर्णय गरिदिन मन्त्री ठगुन्नासँग अनुरोध गरिएको छ ।

पार्क निर्माण गर्ने ठाउँमा चितवन जिल्लाका मुख्य न्यायाधीशको आवासगृह छ । सो अवासगृह थारु छात्रबास नजिकै उपलब्ध गराउने गरी जिल्लाबाट निर्णयसमेत गरेर पठाइएको छ । “जिल्लाको सार्वजनिक जग्गा हेर्ने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले निर्णय गरेर मन्त्रालयमा पठाएको छ”, उनले भने, “मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भएकाले मन्त्रीलाई आग्रह ग¥र्यौं ।” सो अवसरमा मन्त्री ठगुन्नालाई पार्क निर्माणका लागि बनाइएको गुरुयोजनाका बारेमा समेत जानकारी गराइएको थियो ।

सो ठाउँमा रहेको एक बिघा पाँच कठ्ठा जमीनमा पार्क निर्माण गर्न लागिएको हो । कार्यक्रममा प्रदेशसभा सांसद विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति थियो । उनि सौराहामा जारी वाग्मती प्रदेशका कार्यकारी अधिकृतको तीनदिने कार्यशालाको उद्घाटन गर्न चितवन आएका हुन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *