देश विदेश

केरुङ नाका सहज तुल्याउन चिनियाँ पक्षसँग यथासिघ्र संवाद गर्न सरकारसँग काँग्रेसको आग्रह

शेयर गर्नुहोस्

नेपाली काँग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङबाट आयात-निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसमक्ष माग गरेको छ। सहज रुपमा नाका सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको भन्दै काँग्रेसले एक विज्ञप्ति जारी गर्दै नाकाको सहज सञ्चालनका लागि पहल गर्न माग गरेको हो।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो। तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली काँग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गरेको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *