देश विदेश

जनताको जीवनस्तर सुधार्न नेकपा विकल्प छैन’

शेयर गर्नुहोस्

a’6jn hg;ef–cy{dGqL kf}8]n
a’6jn, ! kmfu’g M g]kfn sDo’lgi6 kf6L{ -g]skf_n] a’6jndf zlgaf/ cfof]hgf u/]sf] hg;efnfO{ ;Daf]wg ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

बुटवल। नेकपा (ओली) समूहका नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेकपा (ओली) समूहले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभामा मुलुकको विकास, समृद्धि र जनताको जीवनस्तर परिवर्तनका लागि नेकपा सरकारको विकल्प नभएको उनीहरूको दाबी छ ।

दुई चार जना नेताले बाटो बिराएर सडकमा कराउँदै हिँडे पनि मुलुकको विकासमा कुनै असर नहुने बताउँदै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’को सपना पूरा गर्ने अभियानमा नेकपाको नेतृत्व एकताबद्ध रहेको उल्लेख गरेका छन् ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाबाट केही अलमलमा परे पनि पुनःपार्टीमै फर्किने दाबी गरे। आगामी निर्वाचनपछि पनि बहुमतका साथ नेकपाले नै देशको नेतृत्व गर्ने दाबी गर्दै उनले देशको समृद्धिका लागि नेकपाको विकल्प नभएको धारणा राखे।

पार्टीभित्रैका षड्यन्त्रकारीका कारण आज पार्टी विभाजन हुने आशङ्का बढेको बताउँदै उनले कम्युनिष्ट आन्दोलन, समृद्धि र समाजवादको यात्रामा अघि बढेको देख्न नचाहने बाहिर जाँदैमा पार्टीलाई असर नपर्ने उल्लेख गरे।

उनले भने, “जनताले साथ दिएका छन् प्रतिपक्षीलेसमेत साथ दिएको छ तर आफ्नै दलका नेताबाट प्रधानमन्त्री हटाउने खेल खेलिन्छ । यही कारण पार्टीबाट केही साथी चोइटिएर जाने सम्भावना छ ।”

जनसभामा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले जनताको जीवन परिवर्तनका लागि नेकपामा गोलबन्द हुन सबैलाई आह्वान गरे। उनले मुलुक समृद्धिको दिशामा अगाडि बढिरहेका समयमा दाहाल–नेपाल पक्षले व्यक्तिगत स्वार्थमा अल्झिएर विवाद सिर्जना गर्ने काम गरेको बताए। “माधव नेपालको टाउकामा टेकेर प्रधानमन्त्रीको टाउकामा प्रहार गर्न खोज्नुभएको थियो आज आफैँ सडकमा पछारिनुभएको छ”, उनले भने।

प्रदेश इञ्चार्ज पोखरेलले पूर्वजनमुक्ति सेनाले समेत ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने उद्घोष गरेको बताए। उनले लुम्बिनी प्रदेश विकास र समृद्धिमा अगाडि रहेको दाबी गर्दै विकास निर्माणमा सरकारको सक्रियताले त्यसको पुष्टि भएको उल्लेख गरे। प्रदेशमा तीन महानगरको परिकल्पना गरिएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बुटवल, दाङ र नेपालगञ्जलाई केन्द्रका रुपमा विकास गर्ने बताए।

जनसभामा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले भने, “जो सडकमा पछारिनुभयो, उहाँहरुसँग कुनै विकल्प छैन ।” चुनावमा टिकट पाउन पहिलो अध्यक्ष केपी ओलीकै हस्ताक्षर चल्ने भएकाले अरु विकल्प नभएको रायमाझीको भनाइ थियो ।

नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देश र जनताको हितविपरीत जानेलाई जनताले नछाड्ने बताए।

जनसभामा नेकपाका नेताहरु राधा ज्ञवाली, भूमिश्वर ढकाल, बाबुराम पन्थीलगायतले विकास समृद्धिका लागि नेकपालाई अझै एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका थिए। रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *