देश विदेश

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागिहुन् आग्रह

शेयर गर्नुहोस्

फागुन २, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरे ।

विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *