देश विदेश

जापानमा नेपाली युवालाई जापानी प्रहरीले गर्‍यो सम्मान

शेयर गर्नुहोस्

फुकुसिमा। जापानमा एकजना नेपाली युवा जापान प्रहरीद्वारा सम्मानित भएका छन्। एक बृद्ध जापानी व्यक्तिलाई ठगिनबाट जोगाएका नेपाली युवालाई जापान प्रहरीले प्रशंसापत्रसहित सम्मान गरेको हो। जापानको फुकुसिमास्थित कोम्बिनीमा काम गर्दै आएका नेपाली युवा नवराज अधिकारी सम्मानित भएका हुन्।

नेपाली युवा सम्मानित भएको विषयमा समाचार जापानी सञ्चार माध्यममा प्रकाशित भएको छ। इन्टरनेट माध्यमबाट १५०,००० जापानी येन ठगिनबाट अधिकारीले एक बृद्व जापानी महिलालाई जोगाएको स्थानीय सञ्चार माध्यम योउमूरी सिम्बुनले समाचार प्रकाशित गरेको छ। यो घटना जनवरी १८ को हो।

१२ वर्षअघि जापान आएका ३५ वर्षीय अधिकारी सेभेन इलेभेन फुकुसिमा नोदा–चो सहरमा काम गर्दै आएका छन्।

अधिकारीले अनलाइन माध्यमको ‘स्क्याम’ बारे बताएर बृद्व महिलालाई ११० मा फोन गरी प्रहरीलाई बुझ्न लगाएका थिए। उनको त्यो कामले महिला ठगिनबाट जोगिएको भन्दै प्रहरिले उनलाई प्रशंसासहितको धन्यवाद पत्रले सम्मानित गरेको हो।

प्रशंशापत्र पाएपछि खुशी व्यक्त गर्दै अधिकारीले बृद्धबृद्धाहरुलाई सहयोग गर्ने काम निरन्तर गरिने बताएका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *