देश विदेश

इङल्याण्डलाई इतिहासमै चेज हुन नसकेको विशाल लक्ष्य, दोस्रो टेस्ट भारतको पकडमा

शेयर गर्नुहोस्

काठमाडौं। भारत र इङल्याण्डबीचको दोस्रो टेस्ट पूर्ण रुपमा भारतको पकडमा देखिएको छ । चेन्नइमा भइरहेको दोस्रो टेस्टमा आज भारतले आफ्नो दोस्रो इनिङमा २८६ रन बनाएको छ । यससँगै अब इङल्याण्डले जीतको लागि ४८२ रनको लक्ष्य पाएको छ । भारतले पहिलो इनिङमा ३२९ रन बनाएको थियो । पहिलो इनिङमा इङल्याण्ड १३४ रनमै अलआउट भएपछि भारतले १९५ रनको अग्रता लिएको थियो ।

भारतले इङल्याण्डलाई दिएको विशाल लक्ष्य अहिलेसम्म चेज हुन नसकेको लक्ष्य हो । इतिहासमै अहिलेसम्म टेस्ट क्रिकेटमा चेज भएको सबैभन्दा ठूलो लक्ष्य भनेको ४१८ रन हो । २००३ मा वेष्ट इण्डिजले अस्ट्रेलियामा यो लक्ष्य चेज गरेको थियो । भारतीय मैदानमा भने अहिलेसम्म चेज भएको सबैभन्दा ठूलो लक्ष्य ३८७ रन हो । यो लक्ष्य २००८ मा भारतले इङल्याण्डविरुद्ध चेन्नइकै मैदानमा चेज गरेको थियो । अहिले यही मैदानमा खेल भइरहेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *