देश विदेश

काभ्रेका चार स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

शेयर गर्नुहोस्

काठमाडौं। सरकारले सार्वजनिक गरेको विकास तथा निर्माण भइरहेका दुई सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा काभे्रका चार वटा स्थान समावेश भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय क्षेत्रको विकास, प्रचार प्रसार र पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधार विकास गर्न निर्माणाधीन दुई सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको हो।

काभे्रका चार वटा स्थानको प्रवद्र्धनको लागत १३ करोड ९२ लाख रुपैयाँ रहेको छ। मन्त्रालयको छनौटमा परेका गन्तव्य योजनाहरुमा भुम्लुको भीमसेन स्थानगढी डाँडा साँगासोती पूर्वाधार विकासको कूल लागत चार करोड ६२ लाख रुपैयाँ अनुमान गरिएकोमा मन्त्रालयबाट तीन करोड २४ लाख छुट्याइएको छ।

यस्तै, चौरी देउरालीको साँगास्वती–खाँडादेवीयुद्ध पर्यटन पदमार्गको कूल लागत एक करोड रुपैयाँ अनुमान रहेकामा ७० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ। रोशीको तीनधारे झरना संरक्षणको कूल लागत पाँच करोड रुपैयाँ अनुमान रहेकामा तीन करोड ५० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ।

बनेपा नगरपालिकाको चण्डेश्वरी सिढी निर्माणका लागि तीन करोड ३० लाख कूल लागत अनुमान रहेकामा दुई करोड १४ लाख ५० हजार विनियोजन हुने भएको छ।

लकडाउनको अवधिमै रोशी गाउँपालिकाको तीनधारे झरना रातरात चर्चामा आएको थियो। त्यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो बढेको थियो। विनियोजित बजेटले उक्त झरनाको प्रवद्र्धनसँगै वाह्य र आन्तरिक पर्यटकहरुको घुईँचो अझ नबढ्ला भन्न सकिन्न।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *