देश विदेश

भागरथी हत्त्या प्रकरण : आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै

शेयर गर्नुहोस्

फागुन ५, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ ।

उनलाई जिल्ला अदालत बैतडीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गर्ने भएको हो । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो २ बजे सार्वजनिक गरिनेछ ।

किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् । उनी भोलीपल्ट माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पक्राउ गरेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *