देश विदेश

इन्धनमा मूल्य वृद्धि र कांग्रेस नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेविसंघ आरआरको प्रदर्शन

शेयर गर्नुहोस्

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र बैतडीमा कांग्रेसका नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको छ। नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि र बैतडीको डिलासैनी गाउँपालिकामा मंगलबार नेपाली कांग्रेसको सभामा भएको आक्रमणको विरोधमा नेविसंघ आरआरले प्रदर्शन गरेको क्याम्पस कमिटी सचिव अनुराग शाहले जानकारी दिए।

उनीहरुले ‘हामी अरु जान्दैनौं, मूल्य वृद्धि मान्दैनौं,’ ‘मूल्य वृद्धि खारेज गर’, ‘शान्ति सुरक्षा कायम गर,’ ‘बैतडीमा हाम्रा नेतामाथि आक्रमण गर्नेलाई कारबाही गर,’ लगायतका नारा लगाएका थिए।

यसअघि बुधबार बिहान नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सबै क्याम्पसहरुको अगाडि मूल्य वृद्धि र आफ्ना नेताहरुमाथि भएको आक्रमणको विरोध प्रदर्शन गर्न संघ निकट विद्यार्धीलाई आग्रह गरेका थिए।

बैतडीको सभामा सहभागी कांग्रेस नेताहरु एनपी साउँद, डिला संग्रौला र नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर सहभागी कार्यक्रममा नेकपा ओली समूहले आक्रमण गरेको कांग्रेसको आरोप छ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र बैतडीमा कांग्रेसका नेताहरुमाथि भएको आक्रमणको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गर्दै नेविसंघ निकट विद्यार्थीहरु।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *