देश विदेश

फाफ डु प्लेसिसद्वारा टेस्टबाट सन्यासको घोषणा

शेयर गर्नुहोस्

काठमाडौं । दक्षिण अफ्रीकाका क्रिकेटर फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३६ वर्षीय ब्याट्सम्यान प्लेसिसले सिमित ओभरको क्रिकेट भने खेल्नेछन् । उनलेले दक्षिण अफ्रीकाका लागि ६९ टेस्ट खेलेका छन् । जसमा ४ हजार १६३ रन जोड्दा १० शतक बनाएका छन् ।

प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए । दक्षिण अफ्रीकाका पूर्व कप्तान समेत रहेका प्लेसिसले अन्तिम पटक पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *