देश विदेश

मुख्यमन्त्री कपमा पर्वत र म्याग्दी क्वार्टर फाईनलमा

शेयर गर्नुहोस्

दोहोरो जितसँगै म्याग्दी पोखरामा आयोजित मुख्यमन्त्रीकपको क्वार्टर फाईनलमा प्रवेश गरेको छ । लिगकम नकआउटमा खेलाईएको भलिबल प्रतियोगितामा बुधबार पुरुषतर्फ म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भईरहेको खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो ।

पुरुष तर्फकै अर्को प्रतिस्पर्धामा पवर्तले तनहुँमाथि २–१ सेटले पराजित गर्यो । पहिलो सेट २४–२६ ले गुमाएको पर्वतले दोस्रो र तेस्रो सेटमा भने २५–१७ र २५–१६ ले लिदैं जित पक्का गरेको थियो । पर्वतले पनि दोस्रो जिन निकाल्ने क्रममा मुस्ताङमाथि सोझो सेटले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्यो । पहिलो सेट २५–९ मा लिएको पर्वतले दोस्रो सेट भने २५–१३ मा लिन सफल भयो ।

पुरुष तर्फकै अन्तिम खेलमा बुधबार बाग्लुङले लमजुङमाथि तेस्रो सेट खेल्दै जित निकाल्यो । २५–१५ मा पहिलो सेट जितेको बाग्लुङले दोस्रो सेट लमजुङलाई २४–२६ मा गुमायो । तेस्रो सेट पनि २५–१५ मा लिएर बाग्लुङले जित दर्ता गर्यो । मुख्यमन्त्री कप विजेता महिल तथा पुरुष दुवै टिमले नगद २÷२ लाख राशी नगद पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले नगद १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *