देश विदेश

लिखित जवाफ सहित प्रधनमन्त्री ओली सर्वोच्च अदालत पुगे

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ सहित सर्वोच्च अदालत पुगेका छन् । बिहिबार दिउँसो करिब १२ बजे सर्वोच्च पुगेर ओली फर्किएका हुन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई लिखित जवाफ सहित आफै अदालतमा उपस्थित हुन आदेश दिएको थियो । गत ५ पुसमा भएको संसद विघटनको बिरुद्धमा सर्वोच्चमा परेका रिटको बहस चलिरहेका बेला ओलीले बहसलाई ‘तमासा’ र वकिललाई बाजे भनेका थिए ।

यस्तो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *