देश विदेश

अस्ट्रेलियामा फेसबुकबाट समाचर हेर्न र शेयर गर्न बन्द

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ । अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई फेसबुकले आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न बन्द गरेको छ । बिहीबार बिहानैदेखि त्यहाँ फेसबुक पेजभर स्थानीय र ग्लोबल न्युज साइटहरू बन्द गरिएका थिए ।

आपतकाललगायत पेजहरूसमेत ब्लक गरिएका छन् तर यसमा गल्ती भएको फेसबुकले जनाएको छ । अस्ट्रेलिया सरकारले फेसबुकको यो कदमले कम्पनीको विश्वसनीयतालाई नै जोखिममा पारेको बताएको छ । फेसबुकले अस्ट्रेलिया बाहिरका मानिसहरूलाई समेत फेसबुकमा अस्ट्रेलियन न्युज प्रकाशकका सामग्री पढ्नबाट निषेध गरेको छ ।

फेसबुकले न्युज एजेन्सीहरूलाई तिनका सामग्री प्रयोग गरे वापत् निश्चित भुक्तानी गर्नुपर्ने भनिएको थियो । अस्ट्रेलियन प्रकाशकहरूले फेसबुक पेजेको मद्दतबाट मात्र गत वर्ष ४० करोड ७० लाख अस्ट्रेलियन डलर कमाइ गरेका थिए । योसंगै अष्ट्रेलियामा फेसबुक पेजबाट आउने समाचार बन्द भएपछि नागरिकले आक्रोश जनाएका छन् ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *