देश विदेश

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा आयल निगम घेराउ

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। उनीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

प्रदर्शनकारीहरुले पेट्रोलियममा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका थिए। उनीहरुले पेट्रोलियममा गरिएको मूल्य वृद्धिविरुद्ध विभिन्न नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।

सरकारले गत मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल/मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *