देश विदेश

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शेयर गर्नुहोस्

रौतहट । शहरी विकासमन्त्री प्रभुु साहले जुुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उदघोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरे ।

उनले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए । डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गरे ।

उनि यसअघि शहरी विकासमन्त्री हुँदा सोही मन्त्रालयबाट स्वीकृत बाल्चनपुर जङ्गलसहीया र खतवहिया परसवा पक्की सडकको उद्घाटन गरे । रमन सगरमाथा जेभीद्वारा रु १६ करोड ३८ हजार २६९ को लागतमा बाल्चनपुर जंङ्लसहीया सडकमा १० किलोमिटरमा र रु नौ करोड ११ हजारको लागतमा खतवहिया परसवा सात किलोमिटर कालोपत्र भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दाशले जानकारी दिए ।

त्यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरेका छन् । कूल रु छ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुुख विनोदकुमार मौवारले जानकारी दिए ।

बाल्चनपुर जङ्गलसैया सडकखण्डमा पुलको अभावमा वर्षेनी वर्षायाममा गुजरा नदीमा विभिन्न दुर्घटना हुँदै आएका छन् । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुुड्किलो रहेको बताउँदै सराहना गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *