देश विदेश

टुँडिखेलमा मानव साङ्लो (तस्विर सहित)

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ | पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ ।

असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोध गर्न माग गरेका थिए ।

उनीहरुले किसानका माग सम्बोधन गर्न, महिला हिंसालगायतका घटनामा संलग्नलाई कारवाही गर्न, बढ्दो महँगीका आधारमा तलबभत्ता वृद्धि गर्न, कोरोनाका कारण श्रम कटौतीमा परेका तथा रोजगारी गुमाएका श्रमिकलाई आर्थिक राहतको तत्काल व्यवस्था गर्न माग गरेका थिए । मानव साङ्लोमा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईसहित विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताको सहभागिता थियो । सहभागीले सूर्यचिह्न अङ्कित झण्डा, प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।

नेकपाले यही फागुन २ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । त्यसअघि नेकपाले राजधानीलगायत देशमा ठूला शहरमा विशाल जनप्रदर्शन गरेको थियो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एकपक्ष सडक आन्दोलनमा रहेको छ ।

माथिको तश्वीरमा: प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले बिहीबार मानव साङ्लो गरी घेरिएको टुँडिखेल । सहभागीले विभिन्न प्लेकार्ड, झण्डा बोकेर सडक छेउ उभिएर एक घण्टासम्म प्रदर्शन गरेका थिए । तस्वीरः रत्न श्रेष्ठ, रासस

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *