देश विदेश

अनलाइन ठगीप्रति सावधानी अपनाउन प्रहरीको अनुरोध

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ ।

सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति सचेत हुन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले आग्रह गरे ।

रकम जम्मा गरेपछि सामान आइपुग्ने भनेर आश्वासन दिने र रकम प्राप्त भएपछि गिरोह बेपत्ता हुने गरेको पाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले विभिन्न व्यक्तिबाट परेको जाहेरीका आधारमा केही बैंकका खातावाहकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रहरीले एक सूचना जारी गरी बजार मूल्यभन्दा कममा सामान पाइने भन्दैमा सामाजिक सञ्जालमा प्रकाशित नक्कली विज्ञापनलाई विश्वास गरी कारोबार नगर्न पनि सबैमा अनुरोध गरेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *