देश विदेश

नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

शेयर गर्नुहोस्

अबुजा । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।

यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताएका थिएनन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *