देश विदेश

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

शेयर गर्नुहोस्

गोरखा।गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन्।

मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ छन्।

विहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान शुरु भएको हाम्रा संवाददाता आत्माराम श्रेष्ठले जनाएका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *