देश विदेश

२ दिनमा लगातार तेस्रो विमान दुर्घटना, तेस्रो दुर्घटनामा पनि विमानमा भएका सबैको मृत्यु

शेयर गर्नुहोस्

काठमाडौं। २ दिनको अवधिमा लगातार तेस्रो विमान दुर्घटना भएको छ । पछिल्लो पटक मेक्सिकोको सेनाको विमान दुर्घटना भएको हो । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजमा विकानस्थलबाट उडेको केही समयमै विमानमा आयो गालेर विष्फोट भएको थियो । बीएनओन्यूजका अनुसार दुर्घटनामा विमानमा सवार ६ जना सबैको मृत्यु भएको छ । दुर्घटनाको कारण प्रस्ट भइसकेको छैन ।

दुर्घटना स्थानीय समयअनुसार बिहान पौने १० बजे भएको बताइएको छ । सेनाको लियरजेट ४५ एक्सआर विमान एल लेन्सेरो विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएको हो । विकानको ककपिट र पुच्छरबाहेक अन्य सबै भाग ध्वस्त भएको छ । दुर्घटनास्थलबाट सार्वजनिक भएको भिडियोमा उद्धारकर्ताहरुले ककपिटमा कोही जीवित छन् कि भनेर खोजिरहेको देखिन्छ । मेक्सिकोको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै पाइलट र कोपाइलटसहित ६ जना सेनाका सदस्यहरु मारिएको जनाएको छ ।

यसअघि नाइजेरियामा पनि सेनाको विमान दुर्घटना हुँदा सेनाका ७ जनाको मृत्यु भएको थियो । इन्जिन फेल भएपछि विमानमा विष्फोट भएको थियो र विमानमा आगो लागेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए । इन्जिनमा आगो लागेपछि विमानको आकस्मिक अवतरणको कोसिस गरिएको थियो तर यसमा पाइलट सफल हुन सकेनन् ।

त्यसअघि अमेरिकाको एक यात्रुवाहक विमानको इन्जिनमा पनि आगो लागेको थियो । यद्यपि यो विमान भने ठूलो दुर्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै इन्जिनमा आगो लागेको थियो तर पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । आगो लागेपछि विमानका पुर्जाहरु मानव बस्तीमा खसेका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *