देश विदेश

मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे सुरक्षा परिषद बैठकमा छलफल

शेयर गर्नुहोस्

काठमाडौं। सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। मंगलबार विहान प्रधानमन्त्री निवास बालवाटारमा बसेको परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको हो।

नियमित बैठकको संज्ञा दिइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट उपरको वहस सकिएको र केही दिनभित्रै सर्वोच्चले फैसला सुनाउने तयारी गरिरहँदा त्यसबाट उत्पन्न हुने परिस्थितिका विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाका विषयमा भनाइ राखेका थिए। पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ। सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि वा प्रधानमन्त्रीको कदमलाई सदर गरेपनि त्यसपछि उत्पन्न हुने परिस्थितिका विषयमा बैठकमा छलफल भएकाे स्राेतले जनायाे।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ। सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी  थिए।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229495/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *