देश विदेश

फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

शेयर गर्नुहोस्

फागुन ११, काठमाडौं । फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित ३५ लाख ऋणपत्र फागुन १९ गतेदेखि बिक्री खुल्ला गर्ने भएको हो ।

वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको ‘८.७५% प्राइम डिबेञ्चर २०८५’ नामक उक्त ऋणपत्रको बिक्री ढिलोमा चैत १२ गते बन्द हुने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कुल ऋणपत्रको १४ लाख कित्ताको हुन आउने १ अर्ब ४० करोड रुपैयाँ सर्वसाधारणको लागि छुट्याइएको छ । जसको ५ प्रतिशत अर्थात् ७० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याइएको छ । साथै, २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने उल्लेख गरिएको छ ।

बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाबाट र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *