देश विदेश

प्रतिनिधिसभा पुनर्स्थापना : सामाजिक सञ्जालमा कसले के भने

शेयर गर्नुहोस्

काठमाडौं । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आएको राजनीतिक तरंगको पराकम्पन सुरु भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाली राजनीतिमा अर्को तरंगको सुरुवात भएको हो।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि सामाजिक सञ्जालमा आ–आफ्ना धारणा सार्वजनिक गर्ने क्रम बढ्दो छ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल)समूहका अध्यक्ष माधव कुमार नेपालले जनताको जीत भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै अदालतले प्रशंसनीय र ऐतिहासिक काम गरेको बताएका छन्।

‘ सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै देउवाले अदालतको उक्त निर्णयको स्वागत गरेका हुन।

उनले भनेका छन्, ‘ सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चले गरेको निर्णय सबैले स्वीकार गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘ प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्नसकिन्छ।तर,संविधानले संविधानको व्याख्यागर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ। यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार,कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त हो’

जनता समाजवादी पार्टीका संघीय संयोजक बाबुराम भट्टराईले देशको स्वास्थ्यका बारेमा सर्वोच्चले सकारात्मक निर्णय गरेको भन्दै आफ्नो व्यक्तिगत स्वास्थ्यको रिपोटसँग तुलना गरेका छन्। उनले भनेका छन्, ‘ देशको स्वास्थ्यवारे सर्वोच्चद्वारा सकारात्मक फैसला लगत्तै मेरो स्वास्थ्यवारे डाक्टरको फैसला चाहिं अलि मिश्रित प्रकृतिको आयो।अरू केही थप परीक्षण गर्नुपर्ने भयोसदष्यउकथ रिपोर्ट पनि पर्खनुपर्ने भयो।चिन्ता गर्नुपर्ने कारण छैन।सबैलाई धन्यवाद!’

पूर्व पर्यटन मन्त्री समेत रहेका नेकपा (प्रचण्ड–नेपाल) समूहका नेता योगेश भट्टराईले पनि अदालतको निर्णयलाई स्वागत योग्य बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले सर्वोच्च अदालतले न्यायलय र आफ्नो गरिमालाई उचा गरेको बताएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘ सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’

यस्तै, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले सर्वोच्चको आजको फैसला ऐतिहासिक र दुरगामी महत्व राख्ने भएको बताएका छन्। उनले पनि सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा ओलीको विकल्प देउवा र प्रचण्ड हुन नसक्ने पनि बताएका छन्।

उनले भनेका छन्, ‘ जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *