देश विदेश

२४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु, संक्रमितको संख्या कति ?

शेयर गर्नुहोस्

फागुन ११, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ६६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जयना गुमाउनेको संख्या ४ छ । हाल सम्म २०६५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *