देश विदेश

भागरथी हत्या प्रकरणः अनुसन्धानमा अहम भूमिका निर्वाह गर्ने दुई प्रहरीको बढुवा

शेयर गर्नुहोस्

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा भएको छ ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापा प्रहरी नायब निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी जवान नर बहादुर थापा प्रहरी हवल्दार पदमा बढुवा भएका हुन् । उनिहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा बढुवा गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेका भन्दै प्रहरी महानिरिक्ष शैलश थापा क्षेत्रीले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

बढुवा हुनेमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले भागरथी भट्टको जबरजस्ती करणी पछि हत्या भएको घटना, कैलाली धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द वि.क. तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेका थिए ।

साथै प्रहरी हवल्दार नर बहादुर थापाले तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई आरोपीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुलाका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *