देश विदेश

युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

शेयर गर्नुहोस्

बुडापेस्ट । युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ । हङ्गेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो ।

प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताएको उल्लेख गरे । झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए ।

युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना पनि गरेको समाचारमा जनाइएको छ । हङ्गेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229928/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *