देश विदेश

डा. दास हेमबहादुर मल्ल पुरस्कारद्वारा सम्मानित

शेयर गर्नुहोस्

काठमाडौं । डा. गौरीशंकरलाल दास हेमबहादुर मल्ल कुशल प्रशासक पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा ९५ वर्षीय डा। दासलाई राष्ट्रपति भवनमा आयोजित एक समारोहमा सो सम्मान प्रदान गरिएको हो ।

सो हेम बहादुर मल्ल सम्मान अन्तर्गत रु. २ लाखको नगद पुरस्कार र सम्मान पत्र उनलाई प्रदान गरिएको हो । सो पुरस्कार साल्ट ट्रेडिंग कर्पोरेसनको सौजन्यमा नेपाल जनप्रशासन संघद्वारा स्थापना गरिएको हो ।

डा. दासले २००९ सालमा चिकित्सा क्षेत्रमा प्रवेश गरि चिकित्साका साथै समाजसेवाका विभिन्न क्षेत्रहरुमा योगदान पु¥याएका छन् । सो अवसरमा बोल्दै साल्ट ट्रेडिंगका कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले डा. दासले स्वास्थ्य तथा समाज सेवाको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानबारे चर्चा गरिन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230149/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *