देश विदेश

सभ्यताको मूलथलो

शेयर गर्नुहोस्

नेपालीको उच्च सान शिरको टोपी सगरमाथा,

आँट हिम्मत जगाइदिने इतिहासको वीरगाथा ।

शत्रुसामु कहिल्यै नि झुक्नु हुन्न स्वाभिमान,

रिस राग द्वेष भाव लिनु हुन्न अभिमान ।

सुनाखरी, गोदावरी वनपाखामा फुलेका छन्,

लहलह अन्नबाला खेतभरि झुलेका छन् ।

मयुर र डाँफे चरी पङ्ख फिँजाई नाचेका छन्,

बादलुको घुम्टो खोली अग्ला पर्वत हाँसेका छन् ।

परिश्रमी किसान जागे माटोमा नै सुन फल्छ,

चर्को घामले विचराको नाङ्गो ज्यान त्यसै जल्छ ।

प्रकृतिको गर्भभित्र अमूल्य धन लुकेका छन्,

खोजी गर्ने हातहरू एकतामा जुटेका छन् ।

रगत र पसिनाको स्वाद साह्रै मिठो हुन्छ,

शोषणदमन गर्ने थिति अप्रिय र तितो हुन्छ ।

श्रमको पूजा गर्ने बानी विकास गरौँ हाम्रो देशमा,

गर्व गर्न सिकौँ हामी मौलिक आफ्नै प्यारो भेषमा।

समृद्धिका फूलहरू फुलाउनलाई जुट्नुपर्छ,

धेरै सुत्यौ निद्राबाट अब हामी उठ्नुपर्छ ।

हिरामोती सुन फल्ने नेपालको प्रकृति यो,

सभ्यताको मूलथलो सुन्दर हाम्रो नेपाल हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/466761-1614331299.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *