निर्वासन
फोनमा गीत बज्दैथो । हेरें नयाँ नम्बर । नचिनेको नम्बर हतपती उठाउंदिन म । धेरैचोटि गीत बज्यो बजिरह्यो।
– हेल्लो !
– के नै बित्यो । को के भयो सोच्दै उठाएं र गाली खाएं – हन दाइ , किन फोन नउठाको ? गाउंले भाइले सम्झिंदा पनि ।
स्वर नचिनेर बोलिनं।
– काजी दाइ हैन तपाईं ? राई कान्छाको दाजु हैन।
– अं हो त । मेरो सटिक जवाफ ।
अचेल अनिस पोमु कता छ हौ ? चिन्नुहुन्छ हैन ? त्यो मान्छे त मलेसियामा हरायो भन्ने हल्ला छ त गाउँमा।
अनिस सन् २००९ तिर म जोहोरबारु बस्दा संगै बसेको मान्छे । एउटै भाँडामा भान्सा खाएको मान्छे । सँगसँगै ड्युटी गरेको मान्छे । पारिवारिक स्थिति राम्रो भएको मान्छे । बाआमा र भाइबुहारी आइडी भएर हङकङ बस्दै थियो । बडो थोरै बोल्ने भलादमी मान्छे । घरमा श्रीमती र दुई नानी मात्र । ताप्लेजुङको ठाउँ अलैची फल्थ्यो । अधिया दिएर पनि टन्न घर खर्च पुग्थ्यो । त्यो वर्ष मनको ९० हजार भाउ पुग्दा पनि नबेचेको अलैंची साँच्ने हुंदा पछि श्रीमतीले ७० हजारमा बेचे भन्दै गुनासो पोख्थ्यो ।
सन् २०१२ तिर म बिरामी भई घर फिरें । स्वस्थ्य ठिक भएपछि २०१४ मा मलेसिया आएं । यतिका दिनसम्म त मैले पुराना स्टाफ साथीहरू भुलिसकेको थिएं ।
सनतिर फेसबुकमा भेट भयो र बोलेको थिएं अनिससंग । स्मार्ट ब्युटी फोनबाट खिचेको नक्कले फोटाहरू पोस्ट गर्थो । प्रेमिल लाग्थ्यो ऊ । कमेन्ट र लाइक एक भारी झर्थो बुरुरु । लाग्थो ऊ सेलिब्रेटी नै हो।
– त्यो मान्छे त बिग्रो दाइ । यतिका वर्ष घर गएको छैन रे । चारखोले माइला बोल्दैथो ।
–ला हो र । किन गएन छ ?मलाई अचम्म लाग्यो।
खोई मान्छे सुध्रिन बर्सौं लाग्छ । तर, बिग्रिन एकछिन । मलेसिया पसेको वर्ष पुग्यो रे । भेट्नु भए घर जा भन्दिनु होला है । नानीहरूको बिचल्ली छ रे । जग्गा पनि बाँझो पल्टियो रे।
– अनि आमाचाहिँ के भयो ? मैले जान्न चाहें।
– ए उनी त उहिले फच्चा गएको।
– हँ फच्चा रे।
माइलाको यो कुराले मेरो नजरभरि अनिस यत्रो वर्ष मलेसिया बिलासिनुको रहस्य घुमिरह्यो ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/467381-1614409816.html