देश विदेश

वैदेशिक रोजगारीलाई पारदर्शी बनाउन समुदायस्तरमा जनचेतना कार्यक्रम

शेयर गर्नुहोस्

काठमाडौं। ‘स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जानै पर्ने भए सही सूचना र सीप सिकेर जाऔँ’ भन्ने नाराका साथ धादिङको नीलकण्ठ नगरपालिका ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तर्गत पहिलो चरणको समूहगत छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त नगरपालिकाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनुको साथै समुदायस्तरमा जनचेतना फैलाउने हेतुले कार्यक्रम गरेको हो ।

कार्यक्रममा कागजपत्र, सीपको महत्व, इजाजत प्राप्त म्यानपावर कम्पनीबाट मात्र विदेश जानुको फाइदा, रकम वा पासर्पोट बुझाउँदा भरपाइ गराउनु पर्ने कारण र यसको फाइदालगायत जानकारी गराइएको छ।

त्यसैगरी, आप्रवासी श्रोत केन्द्रबाट प्रवाह हुने सेवा, नेपालको विमानस्थलबाट विदेश जाँदाको फाइदा, सीप सिकेर जाँदा हुने, वैदेशिक रोजगारीको कारण उत्पन्न हुने मनोसामाजिक समस्या, लक्षण, वित्तीय साक्षरता कक्षाको फाइदा, पारिवारिक विखण्डन रोक्ने उपायका साथै घरेलु हिंसाबाट उत्पन्न हुने समस्याको बारेमा समेत परदेशीका परिवारलाई जानकारी गराइएको छ।

सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक दिनेश दवाडीका अनुसार सही सूचना र सीप नसिकी विदेश जाँदा श्रमिकले विभिन्न समस्या झेल्न परेको भन्दै नगरपालिकाले गाउँगाउँमा जनचेतना फैलाउन थालेको हो।

धादिङको चार पालिकामा स्वीस सरकार र नेपाल सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सामी परियोजना सञ्चालन हुँदै आएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *