देश विदेश

चीनले खोप थप्योः ८ लाख खोप अनुदानमा

शेयर गर्नुहोस्

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोपको मात्रा थपेको छ । नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पु¥याएको जानकारी दिएकी छन् ।

यसभन्दा पहिला चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो । चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिने भएको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ।

नेपालले पहिलो चरणमा भारतबाट आएको कोभिशिल्ड खोप प्रयोग गरेको थियो । भारतले नेपाललाई १० डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप १० लाख डोज खोप खरिद गरेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *