देश विदेश

लिटल फ्लावर प्रिमियर लिग: न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी

शेयर गर्नुहोस्

कैलाली । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ ।

पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि अङ्कित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवास थापाले ३० रन बनाए ।

बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले तीन, विजय विश्वकर्मा र यकुव मियाले दुई/दुई विकेट लिए । १७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो ।

उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । न्यू एकेडेमीका सन्दिप विष्टले तीन, सुरेश रावल र अनिल थापाले दुई/दुई विकेट लिए । खेलको म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई आठ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । उसका लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए ।

हिमालयन ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले पाँच र सन्दिप शाहीले तीन विकेट लिए । ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्वाइट हाउसले ११ दशमलव तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले एक÷एक विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *