देश विदेश

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

शेयर गर्नुहोस्

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन्। मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे।

सभामुुख सापकोटाले भने, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए। बिल्कुुल असहज भएन। खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको छ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ। कतिबेला खोप्नु हुुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो। बडो सरल रहेछ। कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन। सहज ढङ्गबाट हुन्छ।”

सञ्चारकर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उनले सर्वाेच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए। उनले भने, “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग-यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुन्छ।”

पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए। उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै खासै अनुुभव भएन। घोचिएको पनि अनुुभव हुुँदो रहेनछ। आतिन पर्ने अवस्था छैन। खोप लगाउनुु प¥यो, स्वथ्य हुन प-यो।”

पूूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वाेच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए। उनले भने, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसद्मार्फत राजनीतिक दलले गर्छन्।”


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231603/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *